post-slider post-slider

संसद् अवरोध हटाउन प्रमुख दलका शीर्ष नेता छलफलमा

Image
A A

काठमाडौं– संघीय संसदको अवरोध हटाउन तीन मुख्य दलका प्रमुख छलफलमा जुटेका छन्। प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’ कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल जारी छ।

तीन नेताबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा जारी छ। प्रचण्डको एक विवादास्पद अभिव्यक्तिका कारण प्रतिपक्षी दल नेकपा एमालेले राजीनामा मागेको छ। प्रचण्डचले गत सोमबार एक औपचारिक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन व्यावसायी प्रीतम सिंह पटक पटक दिल्ली गएका बताएका थिए।

उक्त अभिव्यक्तिपछि प्रचण्डको चौतर्फी विरोध भएको छ। प्रतिपक्षी दल एमाललेसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले पनि राजीनामा मागेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीसँग जवाफ मागेको छ। यही किचलोका कारण गत बुधबारदेखि संसद बैठक चल्न सकेको छैन।

Tags: