post-slider post-slider

भालुवाङ बस दुर्घटना : घाइतेको प्रभावकारी उपचार गर्न प्रधानमन्त्रीको निर्देशन

Image
A A

काठमाडौं - प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ ले दाङको भालुवाङमा भएको बस दुर्घटनामा घाइते भएकाहरुको प्रभावकारी उपचारका लागि निर्देशन दिएका छन्।

प्रधानमन्त्री प्रचण्डले उद्धार र उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न सरकारका सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्।

उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्।

बाँकेका नेपालञ्जबाट काठमाडौं आउँदौ गरेको भे १ ख ३९९२ नम्बरको बस शुक्रबार राति दाङ देउखुरीको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीको पुलबाट खसेको थियो। 

दुर्घटनामा परी १२ यात्रुको मृत्यु भएको थियो।

दुर्घटनामा घाइते भएकामध्ये १२ जनाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ।

१३ जना घाइतेलाई कोहलपुर ल्याइएकोमा बाँके डुडुवा निवासी मोहम्मद जावदे उपचार गराएर घर फर्किएका छन्।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी सुन्दर तिवारीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।

कालिकोटका ४५ वर्षीय तिलकप्रसाद उपाध्याय र २० वर्षका अरवाज नाउको अवस्था गम्भीर रहेको डिएसपी तिवारीले जानकारी दिए।

बाग्मती प्रदेस ३००१ ख ३९९२ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भइ शुक्रबार राति १० ः ३० बजे पुलबाट अन्दाजी २४ मिटर तल राप्ती नदीमा खसेर दुर्घटना भएको थियो।

बसमा सवार ३५ जनामध्ये सात जनाको घटनास्थलमै मृत्यु भएको थियो।

 

Tags: