post-slider post-slider

एसिया कपका लागि टिमको घोषणा

Image
A A

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले एसिया कपका लागि टिमको घोषणा गरेको छ।

यही ३० अगस्तदेखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हुन लागेको एसिया कपका लागि क्यानले १७ सदस्यीय टिमको घोषणा गरेको हो।

क्यानले रोहित पौडेलको नेतृत्वमा एसिया कपका लागि टिमको घोषणा गरेको हो।

प्रतियोगिताको पहिलो खेल नेपाल र पाकिस्तानबीच पाकिस्तानको मुल्तानमा हुनेछ।

यस्तो छ टिम  :

रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, खुसल मल्ल, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुलशन झा, आरिफ शेख, सोमपाल कामी, प्रातिस जीसी र किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद, श्याम ढकाल

 

Tags: