post-slider post-slider

गाजामाथि अन्धाधुन्ध बमबारी गरेर इजरायलले वैश्विक समर्थन गुमाइरहेको छ : बाइडेन

Image
A A

काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेनल गाजामा अन्धाधुन्ध बमबारी गरेर इजरायलले वैश्विक समर्थन गुमाइरहेको टिप्पणी गरेका छन्।

बाइडेनको यो टिप्पणीलाई अमेरिकाको तर्फबाट इजरायलका लागि अहिलेसम्मकै सबैभन्दा कडा आलोचनाको रूपमा देखिएको छ।

७ अक्टोबरमा हमासले अप्रत्याशित रूपमा इजयरायलमाथि आक्रमण गरेपछि अमेरिकाले इजरायलको खुलेर समर्थन गरिरहेको थियो।

यद्यपि अमेरिका सँधै इजरायलसँग खडा रहेको बाइडेनले दोहोराएका छन्। साथै उनले सुझावदिँदै भनेका छन्,‘अमेरिका सँधै इजरायलको साथमा छ। यतिबेला इजरायलसँग अमेरिकाबाहेक युरोपीय संघ, युरोप र विश्वको अधिकांश हिस्सा खडा छ। तर, अन्धाधुन्ध बमबारीका कारण उसले समर्थन गुमाइरहेको छ।’

हमासमाथि कारबाही गर्नुपर्ने आवश्यक्ताको विषयमा कुनै प्रश्न गर्न नहुने बाइडेनले बताएका छन्।

उनले हमासमाथि कारबाही गर्ने पूर्ण अधिकार रहेको जिकिरसमेत गरेका छन्।

पछिल्लो समय अमेरिकाले मानव जीवनलाई प्राथमिकता दिन इजरायललाई निर्देशन दिएको थियो।

 

Tags: