post-slider post-slider

रिगललाई अदालतमा बुझाउने तयारी

Image
A A

काठमाडौं- सर्वोच्च अदालतको आदेशअनुसार पक्राउ परेका नेपालगञ्जका योगराज ढकाल (रिगल) लाई अदालतमा बुझाउने तयारी गरिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले रिगललाई जिल्ला अदालत बाँकेमा बुझाउने तयारी भइरहेको जानकारी दिएका छन्।

यअसघि जन्मकैद सजाय पाएका रिगललाई आममाफी दिने सरकारको निर्णय बदर गर्न सर्वोच्चले बिहीबार आदेश दिएको थियो।

सर्वोच्चको आदेशलगत्तै रिगललाई पक्राउ गरिएको थियो। यद्यपि उनका सहयोगीहरूले उनले प्रहरीमा आत्मसमर्पण गरेको दाबी गरेका छन्।

नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा सजाय पाएका ढकाललाई संविधान दिवसका अवसरमा गत असोज ३ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा भएको थियो।

घटनाको समय रिगल नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दल क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति थिए।

अदालतले कर्तव्य ज्यान मुद्दामा ठहर भएको जन्मकैदमध्ये ११ वर्ष ११ महिना पाँच दिन उनलाई कारागारमा राखी कानुनबमोजिम असुल गर्नु भनी परमादेश दिएको छ।

 

Tags: