post-slider post-slider

संसद् भवनमै प्रवेश गरेका लघुवित्त पीडितहरू पक्राउ

Image
A A

काठमाडौँ – संसद् भवन परिसरभित्रै प्रवेश गरेर हंगामा मच्चाएका लघुवित्त ऋणीहरूलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार १८ जना जतिलाई पक्राउ गरेर अहिले प्रहरी वृत्त बानेश्वर लगिएको छ।

जबरजस्ती प्रवेश गरेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। संघीय संसद भवन वरपरको क्षेत्रलाई सरकारले निषेधित क्षेत्र तोकेको छ। 

लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका र पैदल हिँडेर काठमाडौंमा आन्दोलन गर्न आएका ऋणीहरु सोमबार नारावाजी गर्दै संसद भवनभित्रै प्रवेश गरेका हुन् ।

Tags: