post-slider post-slider

एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली निर्वाचित

Image
A A

काठमाडौं- नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीको अध्यक्षमा प्रेमकुमार पराजुली निर्वाचित भएका छन्।

काठमाडौंमा भएको प्रथम अधिवेशनले पराजुलीको अध्यक्षतामा सर्वसम्मत नेतृतव चयन गरेको हो।

कमिटीको उपाध्यक्षमा विदुर कार्की, सचिवमा मिलन धरेल, उपसचिवद्वयमा उर्मिला सुनुवार र जितेन्द्र श्रेष्ठ निर्वाचित भएका छन्।

अध्यक्षका प्रत्यासी चन्द्र रिजालले उमेदवारी फिर्ता लिएपछि पराजुली सर्वसम्मत भएका हुन्।

Tags: