post-slider post-slider

२६ प्रहरी सम्पर्कविहीन

Image
A A

काठमाडौं- नेपाल प्रहरी प्रधान कार्यालयले सम्पर्कमा नरहेका प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन अनुरोध गरेको छ।

सम्पर्कमा नरहेका २६ जना प्रहरीलाई सम्पर्कमा आउन कार्यालयले अनुरोध गरेको हो।

सात दिनभित्र सम्पर्कमा नआए उनीहरूलाई कारबाही गर्ने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ।

कार्यालयले आइतबार सूचना जारी गर्दै हाजिर हुन नआएका २६ प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन चेतावनी दिएको हो।

प्रहरी नियमावली २०७९ को नियम ११५ को ९२० बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दासमेत उनीहरू सम्पर्कमा नआएको सूचनामा उल्लेख छ।

आफू गैर हाजिर  रहनुका कारणसहित सात दिनभित्र उपस्थित नभएमा उनीहरूलाई सेवाबाट बर्खास्त गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

 

Tags: