post-slider post-slider

नागरिक लगानी कोषमा कार्की र गंगालालमा मल्ल नियुक्त

Image
A A

काठमाडौं- सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्कीलाई नियुक्त गरेको छ।

बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले कार्कीलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।

कार्कीको कार्यवअधि चार वर्षको हुनेछ। अब कोषको निर्देशकको कार्यअवधि चार वर्ष कायम भएको छ।

यसअघिका कार्यकारी निर्देशक रमन नेपालले पाँच वर्षको अवधि पूरा गरेपछि गत मंसिरदेखि पद रिक्त भएको थियो।

त्यस्तै गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ल नियुक्त भएका छन्।

मन्त्रिपरिषद बैठकले उनलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले कार्की र मल्ललाई चार वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरिएको जानकारी दिइन्।

डा.मल्ल मुटु रोग विशेषज्ञ हुने। उनलाई यसअघि स्वास्थ्यमन्त्री मोहनबाहदुर बस्नेतले निमित्त निर्देशकमा नियुक्त गरेका थिए।

 

Tags: