राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे नागरिकता विधेयक
काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्। बुधबार उनले विधेयक प्रमाणीकरण गरेका हुन्।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानविपरित ‘होल्ड’ गरेको नागरिकता विधेयक प्रमाणीकरण सरकारले १२ जेठमा राष्ट्रपति पौडेललाई आग्रह गरेको थियो।