post-slider post-slider

दुरूपयोग रोक्न नेपाल प्रहरी र टिकटकबीच छलफल

Image
A A

काठमाडौंं-सामाजिक सञ्जाल टिकटकको दुरूपयोग रोक्न नेपाल प्रहरी र टिकटकबीच छलफल भएको छ।

टिकटकको सिंगारपुरस्थित कार्यालयमा नेपाल प्रहरीको साइबर ब्युरोलगात सरकारी निकाय र टिकटकका पदाधिकारीबीच छलफल भएको हो।

सामाजिक सञ्जालमा प्रकाशन तथा प्रसारण हुने गैरकानुनी सामग्री स्वतः हट्ने र दोषीमाथि कारबाही गर्ने लगायतका विषयमा छलफल भएको बताइएको छ।

गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले यो छलफलबाट टिकटकमार्फत सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरूको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लील खालका गतिविधि तथा सामग्रीहरू हटाउन र त्यस्ता कार्य गर्ने व्यक्ति पत्ता लगाएर कारबाहीको दायरमा ल्याउन सहज हुने बताए।

गृह मन्त्रालयले सामाजिक सञ्जालमार्फत सामाजिक सद्भाव बिगार्ने खालको सामग्री प्रकाशन–प्रशासन गरे कानुनी कारबाही हुने सचेतसमेत गराएको छ।

‘जिम्मेवार नागरिकको रूपमा कानुनसम्मत शिक्षामूलक र सामाजिक सद्भाव नबिगार्ने सामग्रीमात्र प्रकाशन, प्रसारण गरी असल नागरिकको भूमिका निर्वाह गर्न र गैरकानुनी कार्य गरेबापत हुने कानुनी कारबाहीबाट बच्न सम्बन्धित सबैमा अनुरोध गरिन्छ,’ गृहको विज्ञप्तिमा भनिएको छ।

 

Tags: