post-slider post-slider

भोलिसम्मका लागि राष्ट्रिय सभा बैठक स्थगित

Image
A A

काठमाडौं- राष्ट्रिय सभा बैठक स्थगित भएको छ। सोमबार बिहान ११ बजे बस्ने तय भएको बैठक स्थगित भएको हो।

विशेष कारणवश बैठक स्थगित भएको जनाइएको छ। राष्ट्रिय सभा बैठक मंगलबार बिहान ११ बजे बस्नेछ।

केही समयदेखि प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै राष्ट्रिय सभा र प्रतिनिधि सभामा अवरोध गरिरहेको छ।

प्रधानमन्त्री दाहालको अभिव्यक्तिलाई लिएर एमालेले राजीनामा मागेको हो। प्रतिनिधि सभा र राष्ट्रिय सभाको अवरोध हटाउन प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग पनि छलफल गरेका थिए।

Tags: