post-slider post-slider

भक्तपुरमा माटोको ढिस्कोले पुरिँदा एक जनाको मृत्यु

Image
A A

काठमाडौं, फागुन ३० - भक्तपुरमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मकवानपुर भीमफेदी गाउँपालिका-६ उर्लाबारी घर भएका १६ वर्षीय जसन स्याङताङ रहेका छने।

उनी भक्तपुर चाँगुनारायण नगरपालिका-९ हलाल गाउँ बसिरहेका थिए। जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार उनको चाँगुनारायण नगरपालिका-९ ताथलीमा रहेका इको भ्याली रिसोटनजिकै रहेको खाली जग्गामा वाल लगाउन जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर मंगलबार मृत्यु भएको हो।

मंगलबार मध्यान्ह १२:२० बजे माटोको ढिस्कोमा पुरिएका उनलाई उद्धार गरी ख्वप अस्पताल च्यामासिंह लगिएको थियो। उनको उपचारको क्रममा दिउँसो २ बजे मृत्यु भएको परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताए।

घटनाबारे अनुसन्धान भइरहेको पाठकले बताए।

Tags: