post-slider post-slider

टि–२० विश्वकपमा छनोट हुन नेपालले युएइलाई हराउनै पर्ने

Image
A A

काठमाडौं- सन् २०२४ टि–२० विश्वकप क्रिकेटमा छनोट हुन नेपालले शुक्रबार युएइलाई पराजित गर्नुपर्ने भएको छ।

आइसिसी टि–२० विश्वकप एसिया छनोट प्रतियोगिताअन्तर्गत शुक्रबार हुने सेमिफाइनल खेलमा नेपालले युएइलाई पराजित गर्नुपर्ने हुन्छ।

समूह चरणको अन्तिम खेलमा ओमानसँग ५ रनले पराजित भएपछि सेमिफाइनलमा युएइविरूद्ध प्रतिस्पर्धा गर्ने भएको हो।

समूह विजेता बन्ने लक्ष्यसहित बिहीबार त्रिवि मैदानमा उत्रिएको नेपालले ओमानले दिएको १४६ रनको लक्ष्य भेट्टाउन सकेन।

बिहीबार नै मूलपानीमा भएको समूह ‘बी’ को खेलमा युएइले हङकङलाई २२ रन बनाएर समूह ‘बी’ को विजेता बनेको छ।

समूह विजेता बनेको युएइले नेपालसँग फाइनलका लागि खेल्ने निश्चित गरेको हो।

फाइनलमा प्रतिस्पर्धा गर्ने अन्तिम दुई टोली सन् २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि–२० विश्वकपका लागि एसिया क्षेत्रबाट छनोट हुनेछन्।

 

Tags: