post-slider post-slider

विशेष अदालतका नवनियुक्त न्यायाधीशहरूले लिए सपथ

Image
A A

काठमाडौं- विशेष अदालतका नवनियुक्त अध्यक्ष तथा सदस्यहरूले पद तथा गोपनीयताको सपथ लिएका छन्।

सर्वोच्च अदालतमा आयोजित समारोहमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विशेष अदालतका नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई पद तथा गोपनीयताको सपथ दिलाएका हुन्।

५ मंसिरमा बसेको न्यायपरिषदको बैठकले विशेष अदालतको अध्यक्षमा उच्च अदालत दिपायलका न्यायाधीश टेकनारायण कुँवरलाई अध्यक्षमा नियुक्त गर्न परामर्श गर्ने निर्णय गरेको थियो।

त्यस्तै सदस्यहरूमा उच्च अदालत जनकपुर, राजविराज इजलासका न्यायाधीश तेजनारायण सिंह राई, उच्च अदालत विराटनगर, धनकुटा इजलासका न्यायाधीश रामबहादुर थापा, उच्च अदालत पाटनका न्यायाधीश मुरारीबाबु श्रेष्ठ, उच्च अदालत विराटनगरका न्यायाधीश रितेन्द्र थापालाई सिफारिस गरेको थियो।

 

Tags: