post-slider post-slider

कोहलीको ‘विराट’ प्रदर्शन, ४९ औं शतक पूरा

Image
A A

काठमाडौं- दक्षिण अफ्रिकाविरूद्ध जारी विश्वकपको ३७ औं म्याचमा विराट कोहलीले आफ्नो ४९ औं शतक पूरा गरेका छन्।
कोलकत्ताको इडेन गार्डेन स्टेडिमममा उनले आफ्नो शतक पूरा गरेका हुन्।

र, योसँगै विराटले महान क्रिकेटर सचिन तेन्दुलकरको कीर्तिमान पनि बराबर गरेका छन्।

एकदिवसीय क्रिकेटमा सचिनले ४९ शतक बनाएका छन्।

सचिनले एउटा अन्तर्वार्तामा आफ्नो ४९ शतकको कीर्तिमान विराटले तोड्ने भविष्यवाणी गरेका थिए।

विराटले ११९ औं बलमा शतक पूरा गरेका विराट १०१ रन बनाएर अविजित रहे। यो क्रममा उनले १० चौका प्रहार गरे।

अहिलेसम्म विराटले एकदिवसीय क्रिकेटमा ४८ शतक बनाएका थिए। यो विश्वकपमा श्रीलंकाविरूद्ध उनी शतक बनाउनबाट चुकेका थिए।

सचिनले ४५१ इनिङमा ४९ शतक पूरा गर्दा विराटले यो कीर्तिमान बनाउन २७७ लिएका छन्।

तर, इडेन गार्डन उनका लागि भाग्यशाली साबित भयो। विराटले आजै आफ्नो ३५ औं जन्मदिन पनि मनाइरहेका छन्।

आफ्नो जन्मदिनका दिन एकदिवसीय शतक लगाउने विराट सातौं ब्याटर बनेका छन्।

दक्षिण अफ्रिकालाई ३२८ रनको लक्ष्य

टस जितेर पहिले ब्याटिङ रोजेको भारतले दक्षिण अफ्रिकासामु जितका लागि ३२८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३२६ रन बनायो।

भारतका लागि विराटले अविजित १०१ रन बनाउँदा श्रेयस अय्यरले ७७, रोहित शर्माले ४०, शुभमन गिलले २३, सूर्यकुमार यादवले २२ , रवीन्द्र जडेजाले २९ र केएल राहुलले ८ रनको योगदान दिए।

 

Tags: