post-slider post-slider

पश्चिम बंगालमा भएको हिंसामा परी १८ जनाको मृत्यु

Image
A A

काठमाडौं- भारतको पश्चिम बंगालमा पञ्चायतको चुनावका क्रममा भएको हिंसामा परी १८ जनाले ज्यान गुमाएका छन्।

शनिबार दिउँसो मतदान सुरु भएदेखि नै विभिन्न केन्द्रमा सुरु भएको हिंसा राति पनि जारी रहेको थियो। विभिन्न ठाउँमा भएका घटनामा १८ जनाभन्दा बढीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

मृतकको संख्या अझै बढ्न सक्ने सरकारी अधिकारीहरूको भनाइ छ। विभिन्न ठाउँमा बुथ कब्जा गर्ने क्रममा झडप भएको र घरेलु हतियारहको प्रयोगले मानिसको ज्यान गएको प्रहरीले जनाएको छ।

झडपका घटनामा कयौँ व्यक्ति गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा सबैभन्दा धेरै त्रिणमुल कांग्रेसका १०, भारतीय जनता पार्टीका ३, कांग्रेसका ३ तथा अन्य पार्टीका दुई कार्यकर्ता छन्। हिंसा फैलिएका कयौँ मतदान केन्द्रमा मतदान रोकिएको छ।

Tags: