post-slider post-slider

सहकारी ठगी आरोपी रवि लामिछाने संसदीय समितको बयानमा

Image
A A

काठमाडौं - पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी संस्था बचत रकम दुरुपयोगबारे बयान दिन संसदीय छानबिन विशेष समितिमा पुगेका बयान दिएका छन्।

गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका पूर्वगृहमन्त्री लामिछानेलाई समितिले शुक्रबार सोधपुछका लागि बोलाएको थियो।

समितिका सभापति सूर्य थापाले विभिन्न सहकारी र  कम्पनीको रकम दुरुपयोगमा संलग्नको रूपमा आरोपित व्यक्तिहरूमध्ये गोरखा मिडिया नेटवर्कका पूर्वसञ्चालक एवम् प्रबन्ध निर्देशक हाल सांसद रहेका लामिछानेलाई समितिको बैठकमा  बोलाएर सोधपुछ गरिएको जानकारी दिएका छन्।

समितिले गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीसँग पनि सोधपुछ गरेको थियो। जोशी र लामिछानेको कार्यकालमा चार वटा सहकारीबाट ८० करोडभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा लगिएको थियो।

यो ठगीका मुख्य आरोपी जिबी राई फरार छन्। उनलाई खोज्न प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) गुहारेको छ। उनीविरूद्ध डिफ्युजन नोटिस जारी गरेको छ। 

राईसँगको मिलेमतोमा रवि र छविले सहकारी ठगेको आरोप लागेको छ।  

सहकारीमा भएको समस्याको विषयलाई लिएर संसदले गत १५ गते थापाको सभापतित्वमा समिति गठन गरेको थियो भने समितिले २३ गतेदेखि काम सुरू गरेको थियो। समितिले पाएको तीन महिनाको समयअवधि यही भदौ २३ गते सकिँदैछ।

Tags: