post-slider post-slider

विश्वकप क्रिकेट : न्युजिल्यान्डलाई जितका लागि दक्षिण अफ्रिकाले दियो ३५८ रनको लक्ष्य

Image
A A

काठमाडौं- आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई जितका लागि ३५८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर ब्याटिङका लागि निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर यो लक्ष्य प्रस्तुत गरेको हो।

पुणे क्रिकेट मैदानमा दक्षिण अफ्रिकाले क्विन्टन डिकक र रासी भानडेर दुसेनको सतकीय इनिङमा ३५७ रनको योगफल खडा गरेको छ।

डिककले ११६ बलमा ११४ र डुसेनले ११८ बलमा १३३ रन बनाए। यो विश्वकपमा डिकको चौथो सतक हो। 

त्यस्तै डेभिड मिलरले ५३ र कप्तान टेम्बा बमुमाले २४ रनको योगदान दिए।

हेनरिक क्लासेन १५ र एडेन मारक्रम ६ रन बनाएर अविभिजन रहे।

न्युजिल्यान्डका लागि टिम साउदीले २, ट्रेन्ट बोल्ट र जेम्स निसमले १–१ विकेट लिए।

 

Tags: