post-slider post-slider

बझाङमा शक्तिशाली भूकम्प

Image
A A

काठमाडौं- बझाङमा शक्तिशाली भूकम्प गएको छ।

मंगलबार दिउँसो बझाङको चैनपुर केन्द्रविन्दु भएर ६.३ रेक्टर स्केलको भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ बजे ६ मिनेट जाँदा बझाङमा भूकम्प गएको हो।

आजै दिउँसो २ बजेर ४० मिनेटमा पनि बझाङको तालकोट आसपास केन्द्रविन्द्र भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो।

त्यस्तै काठमाडौंमा पनि भूकम्पको धक्का महसुस भएको छ। दिउँसो ३ बजे ८ मिनेटमा काठमाडौंमा भूकम्पको धक्का महसुस भएको हो।

 

Tags: