post-slider post-slider

मेलम्चीमा खानेपानीमा भ्रष्टाचार, तत्कालीन सचिव भीम उपाध्याय, गजेन्द्र ठाकुरसहित १३ जनाविरूद्ध मुद्दा

Image
A A

काठमाडौं,६ फागुन - मेलम्ची खानेपानी आयोजनाका तत्कालीन बोर्ड अध्यक्ष तथा सचिव डा. सञ्जय शर्मा, भीम उपाध्याय, गजेन्द्र ठाकुर, सहसचिव मुकुन्दप्रसाद पौडेलसहित १३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार अलग-अलग बिगो माग गर्दै १३ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

मेलम्ची खानेपानी आयोजनाको निर्माण कम्पनी सिएमसीलाई रनिङ बिल आइपिएसमा कामै नगरी भुक्तानी गरेर राज्यको सम्पत्ति नोक्सान गरेको आरोपमा उनीहरूलाई भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताए।

डा. सञ्जय शर्मासँग ६ करोड ९७ लाख ८३ हजार १७८ रुपैयाँ बिगो, जरिवाना र कैद माग गरिएको छ। यस्तै, तत्कालीन सचिव भीम उपाध्यायसँग ४ करोड ११ लाख ३४ हजार २७९ रुपैयाँ बिगो माग गरिएको घिमिरेले बताए।

मुकुन्द पौडेलसँग ६ करोड ९७ लाख ८३ हजार १७८ रुपैयाँ बिगो माग गरिएको छ।

तत्कालीन सचिव गजेन्द्रकुमार ठाकुरसँग ६० करोड ४९ लाख १९ हजार ८८४ रुपैयाँ बिगो माग गरिएको ५।

यस्तै, मेलम्ची खानेपानीका तत्कालीन बोर्ड सदस्य रुद्रसिंह तामाङसँग ११ करोड ९ लाख १७ हजार ४५८ रुपैयाँ, चन्द्रबहादुर थापासँग ७१ करोड ५८ लाख ३७ हजार ६४३, मेलम्ची विकास समितिका तत्कालीन निर्देशक घनश्याम भट्टराईसँग २२ करोड ७५ लाख १९ हजार ८९६ रुपैयाँ बिगो माग गरिएको छ।

यस्तै, तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटासँग ३२ करोड ३५ लाख ६१ हजार ६६३, सूर्यराज कँडेलसँग ८९ करोड ८ लाख ९८ हजार २८५ रुपैयाँ बिऊव माग गरिएको छ।

मेलम्ची विकास समितिकाका तत्कालीन लेखापाल उपसचिव मणिभद्र न्यौपानेसँग ३२ करोड ३५ लाख ६१ हजार ६६३, तत्कालीन लेखा अधिकृत रामचन्द्र न्यौपानेसँग ३२ करोड ३५ लाख ६१ हार ६६३, तत्कलीन उपसचिव बेगनाथ पौडेलसँग ३२ करोड ३५ लाख ६१ हजार ६६३ रुपैयाँ बिगो माग गरिएको छ।

यस्तै, तत्कालीन उपसचिव केदारप्रसाद अर्यालसँग ४४ करोड ७३ लाख ७३ हजार ७२, तत्कालीन सिनियर डिभिजनल इन्जिनियर तथा उप-कार्यकारी निर्देशक भोजविक्रम थापासँग ३२ करोड ३५ लाख ६१ हजार ६६३ रुपैयाँ बिगो माग गरिएको छ।

यस्तै, परामर्शदाता कम्पनी इप्टिसा-बेट्स जेभीका तत्कालीन डेपुटी टिम लिडर शिवकुमार शर्माविरूद्ध मुद्दा दायर गरिएको छ। उनीसँग ४८ करोड ३६ लाख ७ हजार ५८० रुपैयाँ बिगो माग गरिएको छ।

यस्तै, परामर्शदाता इप्टिसाविरूद्ध ८७ करोड ५८ लाख ८३ हजार ३६० रुपैयाँ बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

यसैगरी, निर्माण व्यवसायी सिएमसीसँग ६५ करोड १४ लाख ५७ हजार ४१० रुपैयाँ बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरिएको प्रवक्ता घिमिरेले बताए।

 

मेलम्ची खानेपानीको निर्माण व्यवसायी सिएमसीलाई रेन्टल चार्जसमेत कट्टा नगरी भुक्तानी गर्ने गरेको, पछिल्लो बिलबाट समायोजन गर्ने भनिएकोमा नगरिएको, ठेक्का सम्झौता भएको मितिदेखि कामै नगरी साइट छोडेर गएको कम्पनीलाई सार्वजनिक खरिद ऐनविपरीत २० प्रतिशतसम्म ठेकेदारलाई अतिरिक्त मोबिलाइजेसन पेश्की दिएकोलगायत अनुसन्धानबाट खुलेको छ।

मेलम्ची खानेपानी आयोजनाको काम गर्नका लागि २०७० साल असार ३१ गते ७ अर्ब ७२ करोड (मूअकरबाहेक) मा सिएमसीसँग ठेक्का सम्झौता भएको थियो। उक्त कम्पनी २०७५ माघ २९ गते साइछ छोडेर गएको थियो।

नेपाल सरकारले एसियाली विकास बैंकबाट ऋणमा लिएको रकम सम्झौता विपरीत तथा कानुनले तोकेभन्दा बढी ठेकेदारलाई दुई किस्तामा दिएको, निर्माण व्यवसायीले भ्यालु इन्जिनियरिङ नगर्दै त्यसका नामा रकम भुक्तानी गरेको, बैंक जमानीमा राखेको रकम असुल गरी सोमा लाग्ने ब्याज असुल गर्नुपर्नेमा नगरेको अनुसन्धानबाट देखिएको छ।

Tags: