post-slider post-slider

म्यानचेस्टर युनाइटेडले पोर्चुगलका रुबेनलाई प्रशिक्षक बनाउँदै

Image
A A

काठमाडौं - म्यानचेस्टर युनाइटेडले पोर्चुगलका रुबेन अमोरिमलाई प्रशिक्षक बनाउने निश्चित भएको छ।

मिडिया रिपोर्टका अनुसार हाल पोर्चुगलको स्पोर्टिङ सिपीका प्रशिक्षक रहेका ३९ वर्षीय रुबेनलाई आफ्नो मुख्य प्रशिक्षक बनाउन म्यानचेस्टर युनाइटेड सहमत भएको छ।

क्लबको लगातार खराब प्रदर्शनपछि म्यानचेस्टर युनाइटेडले आइतबार आफ्ना प्रशिक्षक एरिक टेन ह्यागलाई बर्खास्त गरेको थियो।

रुबेनलाई भित्र्याउन युनाइटेडले स्पोर्टिङसँग उनको १० मिलियन युरोको एक्जिट क्लज अनुसारको रकम तिर्न सहमत भएको बताइएको छ। रुबेनले पनि म्यानचेस्टर युनाइटेडको प्रस्तावलाई स्वीकार गरेको बताइएको छ।

२०२० को मार्चदेखि स्पोर्टिङको प्रशिक्षक रहेका रुबेनले स्पोर्टिंगलाई दुई सिजन लिग जिताएका छन् भने कुल पाँच उपाधि जिताएका छन्।

रुबेन आफ्नो स्पष्ट खेल खेलाउने तरिकाका लागि पोर्चुगलमा परिचित छन्। उनले आफ्नो कोचिङ क्यारियरमा अहिलेसम्म ३-४-३ फर्म्याटमा खेलाउँदै आएका छन्।         

Tags: