post-slider post-slider

कांग्रेस नेतृत्व ‘कोइराला परिवार’मै फर्काउन चाहन्छन् देउवा : शेखर कि सशांक?

Image
A A

काठमाडौं- महाधिवेशनको करिब डेढ वर्षपछि कांग्रेसी कार्यकर्ताले पार्टीका दुई नेतालाई अघिल्लो साता एउटै मञ्चमा देखे। लगातार दुई दिनका फरक फरक कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा र अर्का नेता शेखर कोइराला सँगसँगै बसेर कार्यकर्तालाई सम्बोधन गरे।

गत शुक्रबार देउवा र कोइराला एउटै जहाज चढेर चितवन पुगेका थिए। जहाँ डेमोक्रेटिक लयर्स एसोसिएसनको अधिवेशन थियो। त्यहाँ दुबै नेताले लगभग एउटै अभिव्यक्ति दिएपार्टीभित्र मिलेपछिमात्रै अरूलाई जित्न सकिन्छ।

दोस्रो दिन कांग्रेसको भक्तपुर जिल्ला सम्मेलनमा पनि उनीहरू सँगसँगै बसे। भक्तपुरका ठाउँठाउँमा कार्यकर्ताहरूले देउवा र कोइरालाको फोटो छापिएका ब्यानरहरू राखेर स्वागत गरेका थिए। त्यहाँ पनि उनीहरूले ‘गुटउपगुट भए पनि अब मिलेरै जानुपर्ने’ धारणाहरू राखे।

तर त्यसको तीन दिनपछि विराटनगर पुगेका कांग्रेस महामन्त्री गगन थापाले त्यहाँ पत्रकारहरूसित भनेदेउवाले अब नेतृत्वको विकल्प दिनैपर्छ।

उनले भनेका थिए ‘पार्टी बचाउनका लागि सभापति देउवाले अब छिटोभन्दा छिटो नेतृत्व हस्तान्तरण गर्नैपर्छ।’

चौधौं महाधिवेशनमा अन्तिम समयसम्म पनि पार्टी सभापतिका लागि एकअर्कासँग भिडेर हारेका कोइराला र जितेका देउवा अहिले लगभग एउटै बोली बोल्न थालेका छन्।

तर कोइराला समूहबाटै लडेर महामन्त्री भएका थापा भने देउवाको राजीनामा मागिरहेका छन्। कांग्रेस ‘सुधार्ने’ भनेर चर्का भाषण गरिरहेका छन्। उनले पार्टी सभापतिको राजीनामा मागिरहँदा कुनै बेला देउवाकै ‘दाहिना’ भएका अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने मौन छन्।

देउवाको राजीनामाउत्तेजक माग कि सम्भव पनि छ?

सिधा भाषामा बुझ्ने र बुझाउने हो भने यो सम्भव नै छैन।

देउवा देशभरिका कार्यकर्ताको भोट पाएर जितेका निर्वाचित पार्टी सभापति हुन्। राजीनामा माग्ने अनि ती आवाजलाई समर्थन गर्नेहरू पनि केही चुनाव जितेका केन्द्रीय पदाधिकारी छन् कोही केन्द्रीय समितिमै छन्।

स्वभावतजसले जतिसुकै माग गरे पनि वा चिच्याएर आलोचना गरे पनि देउवाले राजीनामा दिनेछैनन्। सम्भवतयो हुनेवाला पनि छैन। देउवाका स्वभाव र सम्भावनाहरूले राजीनामाको कल्पना पनि गर्दैनन् सायद।

गगनहरूले नेतृत्व हस्तान्तरणको कुरा उठाइरहनुको पछाडी एउटामात्रै कारण छपन्ध्रौं महाधिवेसन।

‘कांग्रेस रुपान्तरण गर्न’ देशभरि हिँडिरहेका गुरुराज घिमिरेजस्ता एकथरि कांग्रेसीहरूलाई बरू गगनले पार्टीकै निर्णय गराएर दौडाउन सक्थे। पार्टीबाटै निर्णय गराएर पार्टीभित्रको त्यो सुधार अभियानलाई देशभरि सर्कुलर गर्नसक्थे। लगभग महत्वकांक्षाहरूले थिचिदैं थिचिदैं थाकिरहेका देउवाले यो निर्णय नकार्ने पनि थिएनन्। खासमा देउवालाई यस्ता अभियानले खासै असर पनि पर्ने थिएन।

तर एकातिर ‘कांग्रेस रुपान्तरण’ भन्दै देशभरि एकथरि नेताहरू कार्यकर्ताका मनभरि अनेकथरि कुरा भर्दैछन् अर्कोतिर निकै आश गरिएका महामन्त्री गगन थापा ‘कांग्रेस सुधार्ने’ अभियानमा छन्। अनि सार्वजनिक मञ्चहरूबाट निर्वाचित सभापतिको राजीनामा मागिरहेका छन्। गगनको त्यो गर्विलो ओज यस्तै ‘निरीह’ हर्कतले निख्रिन लागिसकेको छ।

विशेष महाधिवेशन कति सम्भव?

लगभग ८ दशक उक्लिसकेको नेपाली कांग्रेसको इतिहासमा २०१२ सालमा पनि यस्तै भएको थियो। जनकपुरमा भएको छैठौं महाधिवेनले ‘समाजवाद’लाई अंगाल्दै नेपाली कांग्रेसले सुवर्ण समशेर राणालाई सभापति चुनेको थियो। तर दुई वर्ष नपुग्दै ‘विशेष परिस्थिति’को नाममा फेरि उनलाई हटाएर बिपी कोइराला सभापति भए।

कांग्रेसभित्र नेतृत्वको अलमलको बादल लाग्न त्यहीँबाट सुरु भयो। अनि पार्टीभित्रको अनुशासन अनुशासन निख्रिन सुरु भएको पनि त्यही बेला हो।

११ महिना भइसक्यो पार्टीको केन्द्रीय कार्यसमिति बैठकसमेत बस्न सकेको छैन। अधिवेसनपछिको छ महिनाभित्र हुनुपर्ने पार्टीको ‘नीति अधिवेसन’ १७ महिना बितिसक्दा समेत घोषणा हुन सकेको छैन।

सरकार अनि देशका हरेक परिस्थितिमा पार्टीले लिनुपर्ने निर्णयहरू देउवा आफैले सुनाउँछन्। दुई-चारजना पदाधिकारीबाहेक अरूलाई ती निर्णय प्रक्रियामा सामेल त के थाहासमेत दिइन्न। पार्टीभित्र नेताहरू र उनका अनुयायी अलमलिनुको मुख्य कारण यिनै हुन्।

पार्टी नेतृत्वमा देउवाकै बहुमत छ। विधानले विशेष महाधिवेशनका लागि दिएका दुई उपायमध्ये पहिलो हो‘केन्द्रीय समितिले आवश्यक ठानेमा’ तर कुरा प्रस्ट छदेउवाले त्यो आवश्यकता कहिल्यै ठान्दैनन्। उनलाई पछ्याउनेहरूले दुई चारजनाको प्रस्तावमा समर्थन जनाउन सक्दैनन्।

विधानअनुसार महाधिवेशन कार्यविधिले अर्को पनि उपाय दिएको छचालिस प्रतिशत महाधिवेशन प्रतिनिधिको माग। अर्थात् पार्टी केन्द्रीय समितिलाई मत दिएकामध्ये ४० प्रतिशतले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएमा त्यो निर्णय हुनसक्छ।

गत अधिवेशनमा करिब ४ हजार ७४३ जना महाधिवेशन प्रतिनिधि थिए। अन्तिम चरणको मतदानमा लगभग ४ हजार ६२३ जना प्रतिनिधिले मतदान गरे। जसमध्ये देउवाले २ हजार ७३३ र शेखर कोइरालाले १ हजार ८५५ मत पाएका थिए। यी प्रतिनिधि संख्याको आधारमा लगभग १ हजार ८९७ जनाले ‘विशेष महाधिवेशन’ माग गर्दै हस्ताक्षर गरे भने त्यो सम्भव पनि हुनसक्छ। तर त्यसको सम्भावना पनि देखिदैंन। किनकि त्यसका लागि कोइराला आफै पनि तयार छैनन्।

देउवाले आफ्ना दुवै नेतृत्व कालमा ‘विशेष महाधिवेशन’ माग सुन्नुपरेको छ। २०७४ सालको चुनावी परिणामपछि पनि पार्टीभित्र यस्तै माग उठेको थियो। तर देउवाले सुनेको नसुन्यै गरेर बिताइदिए। यो देउवाको स्वभावै हो।

त्यसको चार वर्षपछि अधिवेशन गराएर फेरि आफै नेतृत्वमा आए।

के चाहन्छन् देउवा?

अब फेरि पनि देउवा पार्टी सभापति बनिरहन चाहन्नन्। उनले चौधौं महाधिवेशनको बेला पनि भनेका थिए ‘यो मेरो अन्तिम पटक हो।’

अहिले पार्टी नेतृत्वको आलोचना एकदमै चर्किन थालेपछि देउवाले फेरि भनिरहेका छन्-  ‘अब हुनेवाला तपाईंहरू नै हो। म हुन्नँ।’

पार्टी सम्बन्धित सार्वजनिक कार्यक्रमहरूमा मात्रै होइनआफू नजिकका समूहसँग पनि देउवाले यही कुरा भन्ने गरेका छन्। बरू उनले पार्टी नेतृत्व र आफ्नो आलोचना गरिरहेकाहरूलाई सम्झाइरहेका छन् ‘कसैले कसैलाई गाली गरेर केही हुनेवाला छैन। अब हुनेवाला तपाईंहरू नै हो। मेरो त के छ र!

अब देउवाको केही छैन। सब पुगेको छ। तर देउवाको अर्को एउटा चाहना भने अहिलेसम्म बाहिर आएको छैन। त्यो भनेको अब (पन्ध्रौं महाधिवेशनमा) देउवाले पार्टी नेतृत्व(सभापति) कसलाई रोज्लान्यो कुरा उनले धेरैलाई भनेका छैनन्। आफूसँगै रहने अनि कहिलेकाहिँ दु:,सुखका निजी कुराकानी गर्ने नेताहरूसँग भने उनले यो कुरा चुहाइसकेका छन्।

उनीहरूकै अनुसार देउवा चाहन्छन् अबको नेतृत्व शेखर कोइराला नै सम्हालून्। एकदमै अन्तिम अवस्थासम्म पनि देउवाले कोइराला परिवार नै रोज्नेछन् नेतृत्वका लागि। जुन नेतृत्व पाउन देउवा आफैले कोइराला परिवारसँग पार्टीभित्र निकै संघर्ष गरेर आधा जीवन बिताए। अन्तिममा पार्टी फोडेर आधाउधि कार्यकर्ता नै लिएर हिँडे। रगिरिजा प्रसाद कोइराला नेतृत्वको अन्तिम अवस्थामा फेरि सबलाई लिएर फर्किए। अनि लगातार दुई कार्यकाल पार्टी सभापति भए। अब उनलाई पुग्यो।

‘कहिलेकाहिँ उहाँ सशांकलाई दिने हो कि पनि भन्नुहुन्छ तर खासमा राजनीतिक नेतृत्वको क्षमता शेखरजीसँग छ पनि भन्नुहुन्छ’ देउवाको दु:ख सुखका कुरा सुन्न पाइरहेका एकजना कांग्रेस पदाधिकारी भन्छन् ‘त्यो भनेको लगभग अब नेतृत्वका लागि शेखरजीलाई सहयोग हुन्छ।’ सुजातासम्म भने उनी पुगिसकेका छैनन्।

चौधौं महाधिवेशनमा आफ्नो समूह नै खडा गरेर देउवासँग भिडेका कोइराला त्यसपछि पार्टीभित्र नेतृत्वको प्रतिपक्षजस्तै भएर बसेका छन्। महत्वपूर्ण निर्णयका बखत उनले पार्टी नेतृत्वलाई दबाव दिन आफ्नो समूहको छुट्टै भेला बोलाइहाल्छन्। महामन्त्री थापा पनि त्यही समूहमा छन्।

तर केही समययता कोइराला-देउवाबीचको साँध साँघुरिन थालेपछि भने कार्यकर्ताले प्रश्न गर्न थालेका छन् ‘गगन-शेखर’को दूरी बढेको हो?

यद्यपि थापाले त्यसलाई स्विकारेका छैनन् रभन्ने गरेका छन् ‘सम्बन्ध केही भएको छैन। बरू झन् प्रगाढ भएको छ।’

तर पार्टी नेतृत्वको चर्को आलोचना भइरहँदा शेखर भने चर्किएका छैनन्। बरू गगनका कुरासँग कोइरालाका गतिविधि र अभिव्यक्तिहरू त्यत्ति मेल खाँदैनन्। जो कुनै बेला एउटै भाषा बोल्थे।

‘निर्वाचित सभापतिको राजीनामा माग्ने अनि नेतृत्वविरूद्ध कार्यकर्ताको कान भर्दै देशभरि चाहर्ने काम त अराजक हो। त्यो लेभलका पदाधिकारीले यस्तो काम गर्न सुहाउँदैन’ देउवा निकट एक नेता भन्छन् ‘कार्यसमितिभित्रै लड्ने पो हो। कार्यकर्ता भड्काउँदै हिँड्ने त होइन नि। अहिल्यै नेतृत्व फेरेर हुनेवाला त केही होइन। बरू अब ८४को चुनाव कसरी जितिन्छ भनेर सोंच्ने बेला हो। त्योसँगै नेतृत्व लैजानुसु भनेर सभापतिले भन्नुभएकै छ त।’

तर गगनहरूलाई लाग्छनेतृत्वको यही अनुहार बोकेर चुनावमा जाँदा कांग्रेसको झन् बिजोग हुन्छ। त्यसैले नेतृत्व अहिले नै फेर्नुपर्छ

Tags: