post-slider post-slider

युद्धविरामपछि फेरि सुरू भयो इजरायली आक्रमण

Image
A A

काठमाडौं- सात दिनको युद्धविरामपछि इजरायल र हमासबीच फेरि लडाइँ सुरू भएको छ।

युद्धविरामको विस्तार हुन नसक्नुमा इजरायल र हमास एक अर्कामाथि आरोप लगाइ रहेको छ।

यसैबीच हमासको स्वास्थ्य मन्त्रालयले इजरायलले सुरू गरेको पछिल्लो आक्रमणमा परी अहिलेसम्म १७८  प्यालिस्टिनीको मृत्यु भएको जनाएको छ।

इजरायलले पनि ‘आतंकी’ रहेको दुई सय  क्षेत्रमा आक्रमण गरेको बताएको छ।

यसअघि युद्धविरामका लागि मध्यस्थता गरेको कतारमा थप लम्ब्याउने विषयमा सहमति हुन नसकेको बताइएको छ।

यद्यपि अमेरिकाले अहिले पनि इजरायल र हमासबीच जारी संघर्षलाई रोक्ने प्रयास भइरहेको जनाएको छ।

Tags: