post-slider post-slider

एक्सले ब्राजिलमा बन्द गर्‍यो आफ्नो कार्यालय

Image
A A

काठमाडौं- सोसल मिडिया प्लेटफर्म एक्सले ब्राजिलमा तत्कालदेखि लागू हुने गरी आफ्नो सञ्चालन बन्द गर्ने घोषणा गरेको छ। 

ब्राजिलमा रहेका आफ्ना कानुनी प्रतिनिधिलाई सेन्सरसिप आदेशहरूको पालना नगरेमा पक्राउ गर्ने धम्की दिएको आरोप लगाउँदै एक्सले ब्राजिलमा आफ्नो अपरेसन बन्द गर्ने घोषणा गरको जनाएको छ।

ब्राजिलमा अहिले अदालतको आदेशपछि एक्समाथि प्रतिबन्ध लगाइएको छ भने निजी जानकारी सरकारलाई दिनुपर्ने सर्त अगाडि सारिएको छ।

ब्राजिलमा आफ्नो कार्यालय बन्द रहे पनि ब्राजिलका जनताका लागि एक्स भने उपलब्ध हुने कम्पनीले उल्लेख गरेको छ।

Tags: