post-slider post-slider

भारतीय लोकसभाको अन्तिम परिणाम : मोदीको जादु चलेन, बलियो बन्यो विपक्षी

Image
A A

काठमाडौं- भारतको लोकसभाको निर्वाचनको अन्तिम परिणाम आएको छ।

मंगलबार राति सम्पन्न मत गणनामा भारतीय जनता पार्टी सबैभन्दा ठूलो दल बनेको छ। भाजपाले २४० सिट जितेको छ। यसअघिको निर्वाचनमा ३०३ सिट जितेको भाजपाले यस पटक २४० सिट जितेर एक्लै बहुमत ल्याउन असफल भएको छ।

भाजपा आफू एक्लै बहुमतबाट चुकेपनि उसको नेतृत्वको एनडीए गठबन्धनले भने बहुमत ल्याएको छ। एनडीएले कुल २९३ सिटमा जित हासिल गरेको छ। जसमा प्रमुख रुपमा भाजपापछि तेलगु देशम पार्टीले १६ सिट जितेको छ भने जनता दल युनाइटेडले १२ सिट जितेको छ। अब एनडीए घटक दलमा तेलंगानाका नेता चन्द्रबाबु नायडु र बिहारका नितिश कुमार निर्णायक बनेका छन्।

त्यस्तै, यस निर्वाचनमा भारतीय नेशनल कांग्रेसले ९९ सिटमा जित हासिल गरेर दोस्रो ठूलो दल बनेको छ। यसअघि २०१९ को निर्वाचनमा कांग्रेसले ५२ सिट जितेको थियो।

त्यस्तै, समाजवादी पार्टीले उत्तर प्रदेशमा ३७ सिट जितेर तेस्रो ठूलो दल बनेको छ। अघिल्लो निर्वाचनमा केवल ५ सिट जितेको थियो।

त्यस्तै, पश्चिम बङ्गालको ममता बेनर्जी नेतृत्वको त्रिणमूल कांग्रेसले २९ सिट जितेर संसदमा चौथो ठूलो दल बनेको छ। त्यस्तै, डिएमके पार्टीले २२ सिट जितेको छ।

त्यस्तै, आम आदमी पार्टीले दिल्लीमा जित हासिल गर्न नसके पनि पञ्जावमा ३ सिटमा जित हासिल गरेर लोकसभामा उपस्थिति जनाएको छ।

यसरी विपक्षी गठबन्धनले २३० सिटमा जित हासिल गरेको छ। 

Tags: