post-slider post-slider

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर

Image
A A

काठमाडौं - मुटुमा समस्या देखिएपछि फेरि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकले जनाएका छन्।

स्वास्थ्यमा समस्या देखिएपछि पौडेललाई शनिबार बिहान मनमोहन कार्डियाथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ।

सेन्टरका कार्यकारी निर्देशक प्रा.डा.रत्नमणि गजुरेलले विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर भएको बताएका हुन्।

उनका अनुसार मुटुको चालको मनिटिरिङ आवश्यक भएकाले राष्ट्रपति पौडेल उपचारका लागि अस्पताल भर्ना भएका हुन्।

शनिबार बिहान २ बजे मुटुमा पुनः समस्या देखिन थालेपछि पौडेललाई मनमोहन कार्डियाथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर लगिएको स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिएका छन्।

राष्ट्रपति पौडेल बुधबारमात्र सहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट डिस्चार्ज भएका थिए।

मंगलबार बिहान अचानक छाती दुखेपछि उनलाई सहीद गंगालाल हृदय केन्द्रमा भर्ना गरिएको थियो।

अस्पतालमा पौडेलको मुटुको परीक्षण र २४ घन्टा चिकित्सकहरूको निगरानीपछि बुधबार बिहान डिस्चार्ज गरिएको थियो।

पौडेलको मुटुको दाहिनेतर्फ एउटा नसा ७० प्रतिशत बन्द भएको पाइएको अस्पताल स्रोतको भनाइ छ। त्यसपछि एनजिओप्लास्टी गरेर रक्तनली खोलिएको थियो।

 

Tags: