post-slider post-slider

कांग्रेसका दुई मन्त्रीको टुंगो, गृह लेखक, परराष्ट्र आरजु

Image
A A

काठमाडौं- नेपाली कांग्रेसले दुई मन्त्रीको टुंगो लगाएको छ।

कांग्रेसले भागबण्डामा परेका १० मन्त्रालयमध्ये दुई मन्त्रालयमा पठाउने सांसदको टुंगो लगाएको हो।

जसअनुसार परराष्ट्र मन्त्रीमा आरजु राणा देउवा र गृहमन्त्रीमा रमेश लेखकलाई पठाउने टुंगो लागेको सभापति शेरबहादुर देउवानिकट स्रोतले बताएको छ।

लेखक देउवाका विश्वास पात्र हुन् भने आरजु देउवाकी श्रीमती हुन्।

अन्य ८ जना मन्त्रीको नाम सोमबार टुंगो लाग्ने उक्त स्रोतले बतायो। प्रधानमन्त्री केपी ओलीले सोमबार नै ११ बजे सपथ ग्रहण गर्दैछन्।

उनीपछि कांग्रेस र एमालेका मन्त्रीहरूले सपथ ग्रहण गर्ने तयारी छ।

एमालेले अर्थ, रक्षा, भौतिक, पूर्वाधार तथा यातायात र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, सञ्चार तथा सूचना प्रविधि र उद्योग, वाणिज्य तथा आपूर्ति पाउने छ।

कांग्रेसले गृह, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ र सहरी विकास, स्वास्थ्य तथा जनसंख्या, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण र कानुन, न्याय तथा संसदीय मामिला पाउने छ।

Tags: