post-slider post-slider

जनतालाई परिणा दिन जोखिम मोल्न तयार हुनुपर्छ : प्रचण्ड

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनतालाई परिणाम दिन राजनीतिज्ञ र कर्मचारीतन्त्रले जोखिम उठाउन तयार हुनुपर्ने बताएका छन्।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले परिणाम नदिने भन्दै आफ्नो कार्यदेशअनुसार जोखिम उठाउन कर्मचारीहरूलाई निर्देशन दिए।

उनले जोखिम उठाउन तयार हुने मनोविज्ञानले मात्र राम्रो परिणाम दिनसक्ने उल्लेख गरे।

प्रचण्डले भने, ‘हामी सबैले जिम्मेवारी बहन गर्नेतिरबाट सोच्नुपर्छ। जिम्मेवारी पन्छाउने प्रवृत्तिले परिणाम दिँदैन। जिम्मेवारीमा जोखिम हुन्छ। जोखिम मोल्न तयार हुनुपर्दछ।’

नीति तथा कार्यक्रम र बजेटको मासिक समीक्षा गर्ने प्रक्रियाको सुरूवात भए पनि राम्रो परिणाम ल्याउन थप मिहिनेत जरूरी रहेको उनको भनाइ थियो।

‘नीति तथा कार्यक्रम र बजेटको मासिक समीक्षा गर्ने प्रक्रियाको सुरूवात भएको छ। यो आफैंमा राम्रो सुरूवात हो। तर, राम्रो परिणाम ल्याउन आउने दिनहरूमा धेरै मिहिनेत गर्नुपर्दछ। त्यसरीमात्र परिणाम दिन सकिन्छ,’ उनले भने।

 

Tags: