post-slider post-slider

बझाङ केन्द्रबिन्दु बनाएर पुन: गयो भूकम्प

Image
A A

काठमाडौं- बझाङमा फेरि भूकम्प गएको छ। शनिबार बिहान ११:४५ मा बझाङको भाटेखोला केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

गत मंगलबार बझाङ केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसयता बझाङमा निरन्तर पराकम्पहरू गइरहेका छन्। शनिबार गएको पराकम्प सबैभन्दा ठूलो हो।

गत मंगलबारको भूकम्पबाट १ जनाको मृत्यु भएकोमा २० जना घाइते भएका थिए। भूकम्पका कारण बझाङमा ७० वटा निजी घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन्।

Tags: