post-slider post-slider

इजरायलमा बेपत्ता विपिनको अवस्था अझैँ अज्ञात, खोजीकार्य जारी

Image
A A

काठमाडौं- इजरायलस्थित नेपाली दूतावासले हमास समूहको आक्रमणमा परेर सम्पर्कविहीन कञ्चनपुरको महेन्द्रनगरका विपिन जोशीको खोजी जारी राखेको छ। 

दूतावासले आक्रमणपछि सकुशल उद्धार गरिएका विपिनसँगै बस्ने विद्यार्थीलाई साथमा लगेर विभिन्न अस्पतालमा खोजी गरिरहेको हो।

दूतावासले बुधबार बिहान परराष्ट्र मन्त्रालयलाई अस्पतालहरूमा खोजी गर्दा विपिन फेला नपरेको र खोजीका लागि इजरायली प्रहरीको सहयोग मागिएको जानकारी गराएको छ।

‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत  गत भदौ अन्तिम साता विपिन इजरायल गएकोमा उनी हमास समूहको आक्रमणमा परेर सम्पर्कविहीन भएका थिए।

उनीसँगै इजरायल गएका अन्य १० नेपाली विद्यार्थीले भने हमासको आक्रमणमा परी ज्यान गुमाएका छन्।

Tags: