post-slider post-slider

मिटरब्याज पीडितलाई न्याय दिन सरकार प्रतिवद्ध छ : गृहमन्त्री श्रेष्ठ

Image
A A

काठमाडौं- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरूसँग भेटवार्ता गरेका छन्।

आइतबार अपराह्न  माइतीघरस्थित धर्नास्थल पुगेर मन्त्री श्रेष्ठले पीडितहरूलाई भेटेका हुन्। भेटमा उनले मिटरब्याज पीडितलाई न्याय दिने विषयमा सरकार गम्भीर रहेको बताएका थिए।

माइतीघरमा १९ दिनदेखि मिटरब्याज पीडितहरू धर्ना दिँदै आएका छन्।

सरकारले मिटरब्याज पीडितलाई न्याय दिन र मिटरब्याजीलाई कारबाही गर्नका लागि ल्याएको अध्यादेश निष्क्रिय भइसकेको छ।

अध्यादेश निष्क्रिय भए पनि पीडितलाई न्याय दिनका लागि सरकारले चाँडै नै थप प्रक्रिया सुरू गर्ने मन्त्री श्रेष्ठले बताउँदै आएका छन्।

 

Tags: