post-slider post-slider

जनयुद्ध र यसको नेतृत्वलाई अलि बढी नै हेप्न थालेः प्रचण्ड

Image
A A

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध र यसको नेतृत्वलाई अलि बढी नै हेपाइ हुन थालेको बताएका छन्। 

साथै उनले  ‘जनयुद्ध’मा सहभागी नेता–कार्यकर्तालाई एकतामा आउन पनि अपील गरेका छन्।

मंगलबारदेखि काठमाडौंमा सुरु पार्टीको विधान सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धका उपलब्धिलाई अपमानित गर्ने छुट कसैलाई नभएको बताए।  ‘माओवादी जनयुद्धमा सहभागी नेता कार्यकर्तालाई अब ढिलो नगरी एउटै मोर्चा र केन्द्रमा एकताबद्ध हुन अपील गर्न चाहन्छु,’ उनले भने। 

जति ढिलो गर्यो, त्यति ठूलो क्षति हुने भन्दै उनले भने, ‘आउनुस् बसौं, कहाँ कमी भए समीक्षा गरौं ।’

माओवादीहरू एक भएर प्रतिवाद गरे क्रान्तिकारी आन्दोलनको रक्षा मात्र नभई समाजवादी क्रान्तिको नयाँ लहर सिर्जन गर्न सकिने उनले बताए।

आफूले जीवनको उत्तरार्द्धमा फेरि एकपटक नयाँ क्रान्तितिर लैजाने संकल्प गरेको उनको भनाइ थियो। उनले भने, ‘कोही कमरेड तर्क र तथ्यसहित आउनुहुन्छ भने मलाई नेतृत्वमा बसिराख्ने लोभ पनि छैन ।’

Tags: