भाइमसला कस्तो बनाउने?
हिन्दु धर्मालम्बिहरुको महान पर्व दसैं र तिहारलाई खानपानको पर्वको रुपमा लिइन्छ।
दसैंमा विशेषगरी मासुका परिकार बनाएर खुवाइन्छ भने तिहारमा भाइमसलामा ड्राइ फुड्स र मिठाईहरु खुवाउने गरिन्छ।
तिहार दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धको महत्व दर्शाउने पर्व हो।
दाजुभाइको सुस्वास्थ्य र दिर्घायुको कामना गरेर दिदीबहिनीले भाइटीका लगाएर तिहार मनाउने प्रचलन रहिआएको छ।
दाजुभाइको सुस्वास्थ्यका लागि कामनामात्र नभइ उनीलाई दिइने उपहारमा पनि विशेष ध्यान दिनुपर्छ।
दाजुभाइलाई उपहार दिँदा उनीहरुको स्वास्थ्यमा कुनै समस्या भए नभएको निर्यकौल गर्नुपर्छ। दीर्घ रोग भएका दाजुभाईलाई उपहार दिँदा झनै सर्तक हुनुपर्छ।
दीर्घरोग भएका बिरामीलाई मिठाइ नदिनु नै वेश हुन्छ। उनीहरुलाई ओखर, काजुलगायतका ड्राई फुड्स उपहार दिन सकिन्छ। तर ड्राई फुड्स खाँदा मात्रामा ध्यान दिनुपर्छ।
एउट स्वस्थ्य व्यक्तिले पनि ड्राई फुड्स धेरै खान हुँदैन। हाम्रो शरीररले शोषण गर्ने क्षमता हेरेर त्यस्ता खानेकुरा खानुपर्ने हुन्छ। दिनमा सबै किसिमका ६ पिससम्म खाए एक स्वस्थ्य व्यक्तिलाई आवश्यक पर्ने पौष्टिक तत्व पुग्छ। शरीरले प्रयाप्त मात्रामा पौष्टिक तत्व शोषण गर्न सक्छ।
ड्राइ फ्रुड्स अत्याधिक मात्रामा खानाले स्वास्थ्यमा असर पार्न सक्छ। रक्तचाप बढी भएका बिरामीलाई यसले समस्या निम्त्याउन सक्छ। मुटु रोग, मधुमेह भएका बिरामीले अत्याधिक मात्रामा खानु हुँदैन।
मिठाई खुवाउनुअघि मिठाईको गुणस्तर हेर्नु अति आवश्यक छ। अहिले बजारमा दुधबाट बन्ने परिकार र चिनीको अत्याधिक प्रयोग गरेर बनाइने परिकार छन्।
अहिले बजारमा कृत्रिम पाउडर मिसाइएको र तौल बढाउनका लागि अत्याधिक चिनीको मात्रा प्रयोग गरेर मिठाई बनाउने गरेका छन्।
त्यस्तै विभिन्न परिकार बनाउँदा त्यसलाई रंगाउन रंगको प्रयोग गरिएको हुन्छ। सामान्यतय ति रंगहरु फुड गे्रडको हुँदैनन्।
फुड गे्रड नभएका रंगहरु स्वास्थ्यका हिसाबले निकै हानीकारक छ।
मिठाईमा चाँदि जस्तो सिल्भर मिसावट गर्नुपर्ने हुन्छ। ओरिजिनल सिल्भर कसैले पनि प्रयोग गर्दैनन्। उनीहरुले अल्मोनियम हाल्छन्। अल्मोनियम उच्च ‘पोइजनस’ हुन्छ।
मिठाईमा सिल्भर रंगको पेन्टिङ वा पुटिङ हुन्छ। काठमाडौंमा धेरैजसोमा नक्कली सिल्भर रंग नै लगाएको देखिन्छ।
यस्तो मिसावट भएको मिठाईमा नशा रोग र क्यान्सरजस्तो घातक रोग लाग्ने कारक तत्व हुन सक्छ।
त्यस्तै केशर पनि नक्कली प्रयोग गरिरहेको पाइन्छ। ओरिजीनल केशर सामान्यतय साढे दुई देखि ४ लाख किलोको पर्न आउँछ।
हामीले जति पनि केशर खाइरहेका छौं त्यो नक्कली हो। त्यस्तै खालको एउटा बुट्टा हुने रहेछ त्यलाई ल्याएर एउटा पहेँलो रंगमा भिजाएर सुकाउने त्यसलाई केशर भनेर यहाँ पठाउने हामीले दुधमा अथवा केहिमा हाल्दा पहेंलो रंग सरर आउँछ।
साढे तीन लाख चार लाख तिरेर केशर हालेर बनाएको मिठाई सायदै बजारमा पाइएला। सबै नक्कली समाान छ। चिनी अत्याधिक हुन्छ। त्यसैले हामी मिठाईलाइृ बहिष्कार नै गर्न सल्लाह दिन्छौं।
मिठाई बनाउन प्रयोग गरिएको तेल पनि धेरै पटक तताइएको हुन्छ। त्यस्तै बजारमा पाईने तोरीको तेलमा पनि अन्य कुनै तेलको मिसावट नै हुन्छ। त्यसमा पाम आयालहरु मिसावट हुने बुझेको छु।
मिठाई बन्ने प्रक्रियामा सुरुमा तेलमा समस्या छ। त्यसपछि मिठाईमा अत्याधिक चिनीको प्रयोग स्वास्थ्यका लागि घातक हुन्छ। त्यस्तै मिठाईमा प्रयोग हुने रंग, सिल्भर र केशर नक्कली प्रयोग भएका हुन्छन्।
त्यसैले आफ्ना दाजुभाईलाई सुरक्षित राख्ने हो भने मिठाई एकदमै कम गर्नुपर्छ।
फलफूल पनि मौसमअनुसारको दिनु उपयुक्त हुन्छ। बेमौसमा फलफूलहरु कोल्ड स्टोरमा राखिएको हुन्छ।
काठमाडौंमा स्याउ जुम्ला मुस्ताङबाट आउँछ त्यो स्वस्थ छ। तर अन्य स्याउ लामो समय कोल्ड स्टोरमा राखेर बजारमा ल्याइएको भए त्यो अस्वस्थ्यकर हुन्छ।
कोल्ड स्टोरमा राखेपछि आफ्नो प्राकृतिक गुण नष्ट हुन्छ। फलफूल अप्राकृतिक हुने बित्तिकै हाम्रो स्वास्थ्यले त्यसलाई थेग्न सक्दैन।
हाम्रो चाडपर्व महँगा होइनन्। त्यसभित्र व्यापारीको प्रवेश भएपछि महगिँएकामात्र हुन्।
(डा. ज्ञवाली आयुर्वेद विज्ञ हुन्। उनी आयुर्वेद विभागमा कार्यरत छन्।)