post-slider post-slider

प्रधानमन्त्री प्रचण्ड असार ३० सम्म राजनीतिक कार्यक्रममा सरिक नहुने 

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी, राजनीतिक तथा कुटनीतिक छलफल र भेटघाटलाई आउँदो ३० गतेसम्म स्थगित गरेका छन्।

श्रीमती सीता दाहालको निधनपछि शोकमा रहेका प्रधानमन्त्री प्रचण्डले आफ्ना सम्पूर्ण कार्यक्रम चार दिनका लागि स्थगित गरेका हुन्।

श्रद्धाञ्जली र समवेदना दिन बालुवाटार आउनेहरूसँग भेटघाट र कुराकानी गर्ने बाहेक अरु कार्यक्रम स्थगित गरिएको प्रधमानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आचार्यले जानकारी दिए।

समवेदना  प्रकट गर्न आउने शुभेच्छुकहरूले असार २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि  बेलुका ६ बजेसम्म  बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेट्न सक्ने उनको सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको ६९ वर्षको उमेरमा बुधबार निधन भएको थियो। 

Tags: