post-slider post-slider

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना

Image
A A

काठमाडौं- त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ।

सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान करिब ११ बजे दुर्घटनामा परेको हो।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले उड्ने जहाज क्रममा दुर्घटनामा परेको बताए।

अधिकारीहरूका अनुसार जहाजबाट धुवाँको मुस्लो उडेको थियो। जहाजमा लागेको आगो निभाउन सुरक्षाकर्मी तथा अग्नि नियन्त्रकहरू खटिएका छन्। 

मैनालीले क्याप्टेन ३७ वर्षीय मनिष शाक्यलाई उद्धार गरी केएमसी अस्पताल लगिएको बताए। अन्य यात्रुहरूको अवस्थाबारे विवरण आउन बाँकी छ।

Tags: