post-slider post-slider

बमजनको घरबाट ३ करोड रूपैयाँ बरामद

Image
A A

काठमाडौं- 'लिटल बुद्ध' भनेर चिनिने रामबहादुर बमजनको घरबाट प्रहरीले ३ करोड रूपैयाँ बरामद गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छापा हानेर उनको घरबाट यो परिमाणमा रूपैयाँ बरामद गरेको हो।

छापामारीका क्रममा नेपालीका सााथै विदेशी रूपैयाँसमेत प्रहरीले बरामद गरेको बताइएको छ।

तपस्वीका भेषमा यौनजन्यका साथै मानिस बेपत्ता पारेको आरोप लागेका बमजनलाई प्रहरीले मंगलबार बूढानिलण्ठ क्षेत्रबाट पक्राउ गरेको थियो।

ब्ययुरो प्रमुख किरण बज्राचार्यले बमजनको घरबाट ३ करोड ७५ लाख नेपाली रूपैयाँ र वदेशी डलर बरामद भएको जानकारी दिइन्।

उनका अनुसार छापामारीका क्रममा १५ थान मोबाइलसमेत फेला परेको छ।

बमजनले जंगल र आफन्तको घरमा लुकेर बसेको सोधपुछका क्रममा प्रहरीलाई बताएको छ।

मंगलबार बूढानिलकण्ठको हातिगौडास्तिथ घरमा प्रहरीको टोली पुग्दा बमजन बारन्डामा हाम्फालेर भाग्ने प्रयास गरेका थिए।

Tags: