post-slider post-slider

पथरीमा १४ वर्षीया बालिकाको घाँटी रेटेर हत्या

Image
A A

काठमाडौं- मोरङको पथरीमा धारिलो हतियार प्रहार गरी एक नाबालिकाको हत्या भएको छ।

सोमबार राति करिब १०:१२ बजे पथरीशनिश्चरे वडा नम्बर ७ मा खोटाङ जिल्ला ऐंसेलुखर्क गाउँपालिका वडा नम्बर ६ निवासी दानबहादुर राईकी नाबालिका छोरीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो।

इलाका प्रहरी कार्यालय पथरीका अनुसार फूपु छोराको घरमा बस्दै आएकी १४ वर्षीया ज्ञानमति थुलुङ राईलाई अपरिचित व्यक्तिले टाउको र घाँटीमा धारिलो हतियार प्रहार गरेका हुन्।

नाबालिकाको टाउको र शरीर छुट्टिने गरी हत्या भएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे अनुसन्धान सुरू गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी गणेश श्रेष्ठले बताए।

ज्ञानमति पथरीस्थित पञ्चायत माविमा कक्षा ७ मा अध्ययनरत् थिइन्। घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालयको टोली तथा मोरङ जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्की आफैं पुगेका छन्।

घटनाको अवस्था जटिल रहेको र हत्यारा अहिलेसम्म पत्ता लाग्न नसकेको बताइएको छ।

घटनास्थलमा संघीय प्रहरी इकाई कार्यालय धरानबाट (के नाइन) कुकुर ल्याएर अनुसन्धान थालिएको छ। 

ज्ञानमति दुई वर्ष अगाडिदेखि फुपूको छोरा दाजु पर्नेको घरमा बस्दै आएकी थिइन्। 

Tags: