post-slider post-slider

मुख्यमन्त्री यादवले तेस्रो पटक पनि पाए विश्वासको मत, विपक्षमा भने ३५ जना

Image
A A

जनकपुर - मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रोपटक पटक पनि विश्वासको मत प्राप्त गर्न सफल भएका छन्।

नेकपा एमाले र जनमतबाहेक दल र स्वतन्त्र सांसदले उनलाई विश्वासको मत दिएका हुन्। आज आइतबार मधेश प्रदेशसभामा उपस्थित १०४ मध्ये ६९ जनाले उनको पक्षमा मत जाहेर गरे भने विपक्षमा ३५ मत परेको हो।

गत माघ ९ गते जनमतका दुई मन्त्रीले सरकार छाडेपछि उनले विश्वासको मत लिनुपर्ने अवस्था आएको थियो। जनमतले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो।

मधेश प्रदेश सभामा १०७ सांसदमा एमालेका सबैभन्दा धेरै २४ जना छन्।

यसैगरी कांग्रेसका २२, जनता समाजवादी पार्टीका १९, जनमतका १३, माओवादी केद्रका ९, लोसपाका ९ र एकीकृत समाजवादीका ७ सांसद छन्।

नागरिक उन्मुक्ति पार्टी, राप्रपाका एकरएक र एक स्वतन्त्र सांसद छन्।

Tags: