post-slider post-slider

राष्ट्रिय क्रिकेट टोलीलाई राष्ट्रपतिको शुभकामना

Image
A A

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले एसिया कप क्रिकेट प्रतियोगितामा भाग लिन पाकिस्तान जान लागेको राष्ट्रिय टोलीलाई शुभकामना दिएका छन्।

मंगलबार राष्ट्रपति भवन शीतल निवासमा पौडेलले राष्ट्रिय टोलीलाई शुभकामना दिएका हुन्।

राष्ट्रिय टोलीसँगको भेटमा राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय प्रतियोगितामा हुने नेपालको सहभागिताले खेलाडीलाई आफ्नो व्यक्तित्व निर्माण गर्ने अवसरसहित नेपाल र नेपालीलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन योगदान पुग्ने बताए।

नेपालमा बढ्दो क्रिकेटप्रतिको आकर्षण र यस खेलमा पछिल्लो समय हासिल गरेको प्रगतिले सम्पूर्ण नेपालीलाई उत्साहित बनाएको पौडेलको भनाइ थियो।

उनले नेपाली क्रिकेटलाई थप परिणाममुखी बनाउन सरकारले उपयुक्त अवसर र पूर्वाधार निर्माण गरी प्रशिक्षण तथा प्रतियोगितालाई तीव्रता दिनुपर्ने बताए।

‘उत्कृष्ट खेल प्रदर्शन र परिणाम निकाल्न तपाईंहरूको अहोरात्रको मिहिनेत र परिश्रम सफल होस्। पुनः म तपाईंहरूलाई सफलताको हार्दिक शुभकामना दिन चाहन्छु,’ राष्ट्रपति पौडेलले खेलाडीहरूसँग भने।

यही भदौ १७ देखि सुरू हुन गइरहेको एसिया कपको उद्घाटन खेल नेपाल र पाकिस्तानबीच हुन लागेको हो।

 

Tags: