post-slider post-slider

बहराइनसँग नेपाल ३-० ले पराजित

Image
A A

काठमाडौं- नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनोट अन्तर्गत बहराइनसँग पराजित भएको छ।

मंगलबार राति सम्पन्न खेलमा बहराइनले नेपाललाई ३-० गोल अन्तरले पराजित गरेको हो।

बहराइनको जितमा साएद बकेर, अब्दुल्ला युसुफ हेलाल र कामील अल अस्वादले एक एक गोल गरेका थिए। नेपालले तिनै गोल पहिलो हाफमा खाएको थियो। दोस्रो हाफ भने गोलरहित सकिएको थियो। 

यो जितसहित बहराइनले दुवै खेलमा नेपालमाथि जित हासिल गर्दै समूह एचमा ४ खेलमा ९ अंक हासिल गरेको छ र समूहमा दोस्रो स्थानमा रहेको छ।

त्यस्तै, नेपाल भने चार खेलमा सबै खेलमा हार व्यहोरेर अंकविहीन हुँदै पुछारमा रहेको छ। यस समूहमा युएई ४ खेलमा सबै खेल जितेर १२ अंकसहित शीर्ष स्थानमा छ भने यमनले ४ खेलमा एक खेल जितेर ३ अंकसहित तेस्रो स्थानमा रहेको छ।

अब नेपालले विश्वकप् छनौट अन्तर्गत आगामी जुनमा यमन र युएईसँग खेल्ने तालिका रहेको छ।

Tags: