post-slider post-slider

विवादस्पद अभिव्यक्तिपछि उठ्यो स्वास्थ्यमन्त्री बस्नेतको राजीनामाको माग

Image
A A

काठमाडौं-  राष्ट्रिय चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको राजीनामा माग गरेको छ।

मन्त्री बस्नेतले संविधान र कानुनविपरित आत्महत्या दुरूत्साहन गराउने अभिव्यक्ति दिएको भन्दै संघले राजीनामा माग गरेको हो।

स्वास्थ्यमन्त्री बस्नेतले सोमबार पत्रकार सम्मेलनमा ‘सरूवाको विषयलाई लिएर कुनै कर्मचारीले आत्महत्या गर्छु भन्यो भने डोरी लिएर मन्त्रीको गेटमा पठाइदिनू’ भनेका थिए।

उनको यो भनाइलाई लिएर चौतर्फी आलोचना भइरहेको छ।

मन्त्री बस्नेतले सार्वजनिक कार्यक्रममै यो अभिव्यक्तिलाई दोहो¥याइसकेका छन्।

‘डोरी लिएर झुन्डिन पठाउने’ भन्ने मन्त्री बस्नेतको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै संघले त्यसको भत्र्सना गरेको छ।

यस्तै नेपाल प्रगतिशील चिकित्सक संघले मन्त्री बस्नेतले आफ्नो त्यो अभिव्यक्ति फिर्ता लिनुपर्ने माग गरेको छ।

संघले विज्ञप्ति जारी गर्दै जुनसुकै सन्दर्भमा बोलेको भए पनि मन्त्रीको यस्तो अभिव्यक्ति पदीय जिम्मेवारी र मर्यादाविपरित रहेको जनाएको छ।

स्वास्थ्यमन्त्री बस्नेतले भने सरूवाको पत्र बुझ्न नमान्ने एक कर्मचारीलाई मेरो कोठामा आएर झुन्डिन भनेको बताएका छन्।

बिहीबार राष्ट्रियसभाको बैठकमा उनले यस्तो बताएका हुन्।

आफूले यसो भनेपछि ती कर्मचारीले सरूवाको चिठी बुझेर सम्बन्धित अस्पतालमा काम गरिरहेको र अन्य कर्मचारीहरूले पनि सरूवाको चिठी नबुझेको भनेर सुन्न नपरेको उनको भनाइ छ।

‘कतिपयले सरूवा गरिएको ठाउँमा जाँदैजान्नौं, मान्दैमान्दैनौं भनेपछि मलाई आक्रमक रूपमा प्रस्तुत हुनुपरेको हो,’ मन्त्री बस्नेतले भने।

पटकपटक जनताको सेवाका लागि सरूवा गरिएको स्थानमा जानभन्दा एक जनाले नजाने, बरू मन्त्रालयमा झुन्डिएर मर्ने भनेपछि आफूले झुन्डिन पठाइदेऊ भनेको उनले बताए।

बस्नेतले भने,‘केही नलागेपछि अन्तिममा आएर झुन्डिएर मर्छु भनेपछि पठाइदेऊ न त मकहाँ झुन्डिन मैले भनेकै हो।’

त्यसपछि उनले तुरून्तै चिठी बुझेको र सरूवा गरिएको अस्पतालमा गएर काम गरिररहेको मन्त्री बस्नेतले बताए।

उनले भने,‘यति नगरेको भए जाँदैजाँदैन थिए। अहिले सबै हिँडिराखेका छन्। फटाफट हिँडिराखेका छन्। त्यो बेलादेखि चिठी बुझेन है भन्ने देखिएको छैन।’

 

Tags: