post-slider post-slider

रास्वपा उम्मेदवार लिम्बुद्वारा आचारसंहिता उल्लंघन

Image
A A

काठमाडौं- इलाम-२ मा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन्। 

लिम्बूले मतदान गर्न जाँदा पार्टीको चुनाव चिन्ह अंकित ब्याच लगाएपछि आचारसंहिता उल्लंघन भएको हो। उनले कोटबाहिर स्पष्ट देखिनेगरी रास्वपाको चुनाव चिन्ह घन्टी भएको लोगो लगाएर मत दिएर निर्वाचन आचारसंहिताको उल्लंघन गरेका हुन्।

उनीविरुद्ध उजुरी परेपछि निर्वाचन आयोगले छानबिन सुरु गरेको छ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले रास्वपाको उम्मेदवारविरुद्ध आयोगमा आज उजुरी परेपछि आवश्यक कारबाही सुरु गरेको र स्थानीय प्रशासनलाई आवश्यक कारवाहीको पूर्ण अधिकार दिइएको बताएका छन्।

लिम्बुले आफूले मतदान गरेको तस्बिर सामाजिक सञ्जालमा राखे पनि आचारसंहिता उल्लंघन भएको उजुरीपछि हटाएका छन्।

Tags: