post-slider post-slider

प्रतिनिधिसभामा विश्वासको मत लिँदै प्रधानमन्त्री दाहाल

Image
A A

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन्।

बिहान ११ बजेदेखि सुरु भएको प्रतिनिधिसभाको बैठकमा दाहालको विपक्षमा अधिकांश दल उभिएका छन्।

बैठक सकिएपछि दाहालले पत्रकार सम्मेलन गर्न लागेका छन्। विश्वासको मत नपाउने भएपछि उनी आजै पदमुक्त हुने भएका छन्।

सरकार अल्पमतमा रहेकाले प्रतिनिधि सभामा प्रधानमन्त्रीले विश्वासको मत पाउने सम्भावना रहेको छैन।

प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालमा भएका काम र आगामी कार्ययोजनाबारे जानकारी गराउन पार्टी कार्यालय पेरिस डाँडामा पत्रकार सम्मेलन गर्न लागेको माओवादी केन्द्रले जनाएको छ।
 

Tags: