post-slider post-slider

युरोकपको सेमिफाइनलमा स्पेन र फ्रान्स भिड्दै

Image
A A

काठमाडौं- जारी युरोकपको सेमीफाइनलको पहिलो खेल बुधबार राति १२:४५ मा हुँदैछ। पहिलो सेमिफाइनलमा स्पेन र फ्रान्स खेल्दैछन्। 

स्पेन क्वाटरफाइनलमा आयोजक जर्मनीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो। स्पेनले जर्मनीलाई २-१ गोल अन्तरले पराजित गरेको थियो।

त्यस्तै, फ्रान्सले क्वाटरफाइनलमा पोर्चुगललाई पेनाल्टी सुट आउटमा ५-३ गोल अन्तरले अपराजित गरेको थियो।

स्पेन र फ्रान्सबीच अहिलेसम्म ३६ खेल भएका छन्। जसमा स्पेनले १६ पटक जितेको छ भने फ्रान्सले १३ पटक जितेको छ।

त्यस्तै, दुवै बीचका ७ खेल बराबरीमा सकिएका छन्।

युरोकपको अहिलेसम्मको यात्राको कुरा गर्दा स्पेनले तीन पटक युरोकप उपाधि जितेको छ। स्पेनले १९६४, २००८ र २०१२ मा युरोकपको उपाधि जितेको थियो। त्यस्तै, स्पेन १९८४ मा उपविजेता बनेको थियो।

फ्रान्सले अहिलेसम्म १९८४ र २००० गरी दुई पटक युरोकपको उपाधि जितेको छ भने २०१६ मा उपविजेता बनेको थियो। 

यस युरोकपको समग्र प्रदर्शनमा फ्रान्सभन्दा स्पेन अगाडि देखिएको छ। टिम फ्रान्समा गोल गर्ने खेलाडीको अभाव खड्किएको छ। फ्रान्सका कुनै पनि खेलाडी जारी युरो कपममा गोल गर्न सकिरहेका छैनन्।

स्पेनका लागि प्लेमेकर पेड्रीको अभाव खड्किने छ। तर क्वाटरफाइनलमा  उनको स्थानमा आएका डानी ओल्मोको प्रदर्शनले जर्मनीलाई पराजित गरेपछि स्पेनको आत्मविश्वास झन् बढेको छ।

त्यस्तै, फ्रान्सका लागि सबैभन्दा बढी चिन्ताको विषय कप्तान किलियन एम्बाप्पेको प्रदर्शन हो। एम्बाप्पेले यस सिजनमा पेनाल्टीबाट एक गोल मात्र गरेका छन्।

फ्रान्सले यस प्रतियोगितामा पोल्याण्डविरुद्धको सो गोल बाहेक अन्य अफिसियल गोल गरेको छैन। तर, फ्रान्सले कुनै खेल हारेको पनि छैन। पाँच खेलमा उसले जम्मा १ गोल खाएको छ। त्यसकारण फ्रान्स बलियो टिम मानिएको छ।

Tags: