post-slider post-slider

आज दिनभर पानी पर्ने र रोकिने क्रम चलिरहने

Image
A A

काठमाडौं- यस वर्षको मनसुन झण्डै एक हप्ता ढिलो गरी बाहिरिने भएको छ। सामान्यतया नेपालमा मनसुनको अवधि अक्टोबर २ तारिख अर्थात् आजसम्म हो।

तर, यसमा एक/दुई दिन थपघट हुने मौसमविद्ले बताउँदै आएका छन्।  यसपालि मनसुन बाहिरिने समयमा फेरि सक्रिय भएको छ। यसले गर्दा देशभरको मौसम बदली भएको छ।

अहिले बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए। उनका अनुसार आज दिनभरी पानी पर्ने र रोकिने क्रम चलिरहने छ। दिनभरजसो बादल लाग्ने छ। अबको दुई/तीन दिनसम्म मौसम यस्तै रहने अनुमान रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए। उनका अनुसार आज कोशी, मधेस र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ।

ठूलो वर्षा भएका क्षेत्रमा बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव छ। मौसमविद्का अनुसार बङ्गालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको असर नेपालमा परेको हो। 

यस्तै, आज राति कोशी, मधेस, बाग्मती र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जनसहित चट्याङ पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। नेपालका यसपालि गएको जेठ ३१ गते मनसुन भित्रिएको थियो।

Tags: