post-slider post-slider

जनकपुरको भाटभटेनी स्टोर केही समयका लागि बन्द

Image
A A

काठमाडौं- थेग्न नसक्नेगरी ग्राहक आएपछि जनकपुरस्थित भाटभटेनीको स्टोर केही समयका लागि बन्द भएको छ।

सञ्चालनमा आएको दोस्रो सातामै क्षमताभन्दा बढी ग्राहक आएपछि शनिबार दिउँसो ३ बजे नै भाटभटेनी बन्द गर्नुपरेको हो।

सुपरमार्केटका चिफ अपरेटिङ अफिसर पानु पौडेलका अनुसार ग्राहक थेग्न नसक्ने अवस्था आएपछि शनिबार दिउँसो ३ बजे नै स्टोर बन्द गर्नुपरेको हो।

स्टोरको दैनिक क्षमता २० देखि २५ हजारसम्म भए पनि त्यसको दोब्बर संख्यामा ग्राहक आएको उनले बताए।

शनिबार भएकाले पनि धेरै ग्राहक आएको हुनसक्ने उनको भनाइ छ।

पौडेलले आइतबार बिहान ७ बजेसम्मका लागि स्टोर बन्द गरिएको छ।

स्टोर बन्द भएपछि त्यहाँ पुगेका ग्राहकहरू बाहिरबाटै फर्किएका थिए।

 

Tags: