post-slider post-slider

चार करोड भ्रष्टाचार मुद्दामा सर्वोच्चमा पुनरावेदन

Image
A A

काठमाडौं- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चार करोड भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतको फैसलालाई चुनौतमी दिँदै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

अख्तियारले राजेन्द्र ढुंगाना र मधु कोइरालाको मुद्दामा सर्वोच्चमा पुनरावेदन गरेको हो।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार प्रतिवादी ढुंगाना र कोइरालालाई विशेष अदालतबाट भएको फैसलाउपर चित्त नबुझेपछि सर्वोच्चमा पुनरावेदन गरिएको हो।

ढुंगाना र कोइरालाले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी ४ करोड ६८ लाख ५५६ रूपैयाँ भ्रष्टाचार गरेको आरोप अख्तियारको छ।

प्रवक्ता दाहालले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा आयोगको निर्णयअनुसार सर्वोच्च अदालतमा पुनरावेदन गरिएको जानकारी दिएका छन्।

 

Tags: