post-slider post-slider

बिआरआई कार्यान्वयन गर्न छलफलमा सरकार

Image
A A

काठमाडौं- सरकारले चीनसँग भएको बेल्ट एन्ड रोड परियोजना (बिआरआई) कार्यान्वयनबारे छलफल भइरहेको जानकारी गराएको छ।

परराष्ट्रमन्त्री एनपी साउदले बिहीबार राष्ट्रियसभा बैठकमा बिआराई कार्यान्वयनबारे छलफल भइरहेको जानकारी गराएका हुन्।

उनले परियोजना कार्यान्वयनका लागि दुवै देशबीच छलफल जारी रहेको बताए।

नेपाल र चीनबीच सन् २०१७ मा बिआरआइसम्बन्धी सम्झौता भएको थियो। यद्यपि बिआरआईका कुन–कुन परियोजनालाई कसरी अघि बढाउने भन्ने विषयमा भने कुनै निर्णय हुनसकेको छैन।

यसअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उदघाटनको क्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले बिआरआईअन्तर्गतको परियोजना कार्यान्वयन भएको दाबी गरेका थिए।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि बिआरआईअन्तर्गत नै रहेको उनको भनाइ थियो।

यद्यपि परराष्ट्रमन्त्री साउदले भने यसअघि पनि बिआरआइको कुनै पनि परियोजना अघि बढ्न नसकेको जानकारी गराएका छन्।

चीनका तत्कालीन विदेशमन्त्री वाङ यीको मार्च २०२२ मा सम्पन्न नेपाल भ्रमणमा हस्ताक्षर भएअनुसार केरूङ–काठमाडौं रेलवेको सम्भाव्यता अध्ययन तथा दुई देशबीच अन्तरदेशीय विद्युत प्रसारण लाइनको सम्भाव्यता अध्ययन भइरहेको पनि साउदले जानकारी गराएका छन्।

 

Tags: