post-slider post-slider

अर्थतन्त्रमा सुधारका संकेत देखिएका छन् : अर्थमन्त्री महत

Image
A A

काठमाडौं- अर्थमन्त्री प्रकाशशरण महतले सरकारले बजेटले अर्थतन्त्रलाई चलायमान गर्ने र देशभित्रै उद्योग व्यवसाय गर्न प्रेरित गरेको बताएका छन्।

शनिबार पोखरामा प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री महतले बजेटको लक्ष्य लोकप्रिय रहेको समेत बताए।

‘यो बजेटको लक्ष्य लोकप्रिय छ, यसले जे काम गर्न प्रस्ताव अगाडि सारेको छ, त्यसले लोकप्रिय परिणाम दिनेछ। त्यसका लागि बाटो तय भएको छ,’ उनले भने।

मन्त्री महतले सिस्टमभित्रको अनुशासनको कमी, जथाभावी रकमान्तरलगायतलाई बजेटले निषेध गरेको दाबी गरे।

महतले भने,‘हाम्रो सिस्टमभित्र अनुशासनको कमी, समयमा निर्णय नहुने, कार्यान्वयन नहुने, समयमा ठेक्का नलाग्ने, कार्यविधि नबन्ने, जथाभावी रकामन्तर हुने कार्यलाई हामीले पूर्णरूपमा निषेध गरेका छौंं।’

वैदेशिक मुद्रा सञ्चिति पर्याप्त रहेको बताउँदै उनले अर्थतन्त्रमा सुधारका संकेतहरू देखिएको उल्लेख गरे।

‘अर्थतन्त्रमा सुधारका संकेत देखिएका छन्। वैदेशिक मुद्रा सिञ्चिति पर्याप्त छ। पर्यटन व्यवसाय फस्टाउँदै गएको छ। यसले अर्थतन्त्रलाई चलायमान बनाउन मदत पुग्छ। बैंकको ब्जायदरमा पनि कमी हुन थालेको छ,’ महतले भने,‘अझ निर्णायक पहल राष्ट्र बैंकले गर्छ।’

 

Tags: